विज्ञापन

अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मूल समारोह समिति घोषणा

विज्ञापन
Image
विज्ञापन

७ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ ।

हरेक वर्ष अगस्ट १२ तारेखमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलनअनुसार नेपालमा पनि दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार बहुपक्षीय सरोकारवालाहरुको भेलाबाट मन्त्री चौधरीको अध्यक्षतामा २८५ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

समिति गठन लगक्तै बसेको बैठकले सन् २०२५ का लागि संयुत्त राष्ट्रसंघले अघि सारेको मूल नारालाई नेपालीकरण गरी ‘दिगो विकास र सुनौलो भविश्यको सार ः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ तय गरेको छ । यही मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइने बस्नेतको भनाइ छ ।

मुल समारोह समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतसहित, विभिन्न आठ मन्त्रालयका सचिवहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक, नेपाल स्काउटका प्रमुख आयुक्त, प्रदेश युवा परिषद्का उपाध्यक्ष लगायत छन् ।

यसैगरी नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल जेसिज, आयोन, हिसान, प्याब्सन, एनप्याब्सन लगायतका प्रतिनिधि, नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरुका प्रतिनिधि समेत समितिमा छन् ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी संघसंगठनका प्रतिनिधि, परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध संघसंस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत समितिमा समेटिएको छ ।

यसैगरी कार्यकारी उपाध्यक्ष बस्नेतको संयोजकत्वमा १७ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । आगामी साउन २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्यरूपमा मनाउन सो समिति बनाइएको बस्नेतले जानकारी दिए ।

सन् २००० देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरूको सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन