विज्ञापन

ओलिलाई चुनौति,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा लाग्न संविधानले नरोक्ने बताएकी छन्

विज्ञापन
Image
विज्ञापन

काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा लाग्न संविधानले नरोक्ने बताएकी छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएकि हुन ।

सम्बोधनका क्रममा उनले आमसञ्चार माध्यम पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नाो भावि राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको बताइन् । ‘विगत एक वर्षदेखि त व्यापक रुपमै मेरा बारेमा सञ्चारमाध्यमले सरोकार राखेको सबैलाई अवगतै छ, उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषय साथै अन्तराष्ट्रिय राजनीति परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन मनन गर्दैं आएको छु ।’भण्डारीले आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने / नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराएको बताइन् ।

यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन्‌ । पार्टी सदस्यता लिएको ४५ वर्ष भएको बताएकी छन् । कसैलाई लाग्नेबित्तिकै आफ्नो सदस्यता फाल्न नसक्ने बताइन् ।उनले भनिन् – जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इञ्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाएको हो मलाई । कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन भन्दै अध्यक्ष ओलिलाई चुनौति सिर्जना गरेकि छन।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन