विज्ञापन

विवाहको ५ महिनामै मृत भेटिइन् सम्झना

विज्ञापन
विज्ञापन

 कंचनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी सम्झना भट्ट मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

सम्झना घरभित्र झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो । सम्झना १७ वर्षकी हुन् ।

‘१४–१५ वर्षकै उमेरदेखि उहाँहरुबीच प्रेम सम्बन्ध थियो । विवाह भन्दा पहिलो पनि विवाद र झगडा प्रहरीसमक्ष पुगिसकेको थियो ’एक प्रहरी अधिकारीले भने, ‘गत मङ्सिरमा पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलामा २ दिनपछि विवाद निरूपण गरिएको थियो ।’ त्यसपछि काठमाडौंमा पनि झगडा भएको र सम्झनाको शव भेटिनुको अघिल्लो दिन पनि स्थानीय प्रहरी कार्यालयले उनीहरूलाई सम्झाएर पठाएको पाइएको छ ।

‘घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको थियो ’ ती प्रहरी अधिकारीले भने, ‘सम्झाएर पठाएको भोलिपल्टै घरमा उनको शव भेटिएको हो ।’किशोरीको उमेर १७ वर्ष र पुरुषको उमेर २४ वर्ष वर्ष रहेको प्रहरीले जनाएको छ ।

कम उमेरमै विवाह गरेकी सम्झनालाई घरमा कुटपिट हुने गरेको आरोप लागेपछि सोधपुछको लागि श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

परिवारहरूले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि घटनाको निष्पक्ष अनुसन्धान हुने जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन