साउन ३१ अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
गाउँपालिकाको जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा नेपालको राष्ट्रिय झण्डा टाँग्ने क्रममा बिजुलीको पोलमा छोइएपछि करेन्ट लाग्दा १७ वर्षीय रोहित साउँदको मृत्यु
भएको हो। मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा हुन् ।
यस्तै समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार घाइते भएका छन्।
प्रतिक्रिया जनाउनुहाेस्



भएको हो। मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा हुन् ।





















