काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन अघि बढाउन परमादेश जारी गरेसँगै पीडितहरूलाई १९ वर्षपछि न्याय पाउने आशा पलाएको छ ।
१९ वर्षअघि तत्कालीन फोरम र माओवादीनिकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले ७ चैत २०६३ मा रौतहटको गौर नगरपालिका– ५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए । फोरमका कार्यकर्ताले माओवादीको कार्यक्रम बिथोल्नुका साथै वितण्डा मच्चाएका थिए, जसमा माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।
प्रहरीले उक्त घटनामा अनुसन्धान अघि नबढाएपछि घाइतेमध्ये एक त्रिभुवन साह लगायतले दायर गरेको रिटमा सोमबार परमादेश जारी भएको हो । गौर नरसंहारमा मारिएकाहरूको आफन्त र घाइतेहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिँदा पनि जाहेरी नलिएपछि छानबिनको माग गर्दै उनीहरू सर्वोच्च पुगेका थिए । सो घटनामा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि पनि अनुसन्धान हुने भएको छ ।
कतिपय अध्ययन र अनुसन्धानले पनि घटनाको हिंसात्मक गतिविधिमा उपेन्द्र यादवलाई पनि जिम्मेवार बनाउँदै अनुसन्धान नै गरेर मुद्दा चलाउनुपर्ने प्रतिवेदन समेत सार्वजनिक भइसकेको छ । सत्ताको आडमा यादवमाथि प्रहरीले अनुसन्धान अघि बढाउनुको साटो मुद्दा नचाएपछि पीडित सर्वोच्च अदालतसम्म जानुपर्ने बाध्यता बनेको हो ।
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सो गौर नरसंहारमा उपेन्द्र यादवसहित १ सय ३० जनामाथि अनुसन्धान गरेर मुद्दा अघि बढाउन भनेको थियो । आयोगले आफ्नो निष्कर्षमा भनेको थियो– ‘घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएका जाहेरीमा नाम उल्लेख भएका रसरकारद्वारा गठित गौर नरसंहार जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी भनी उल्लेख गरेका तपसील बमोजिमका व्यक्तिहरू माथि तहकीकात छानबिन गरी दोषी देखिएका व्यक्तिहरू उपर मुद्दा चलाउनुपर्ने देखियो ।’ तपसीलमा रहेको सूचीमा यादवको पनि नाम छ ।
मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त आक्रमण नियोजित र संगठित रूपमा भएको देखिएको जनाएको थियो । तीन जना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमा प्रहार गर्नेजस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । इन्सेकको प्रतिवेदनअनुसार मृतकहरू सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो ।
यता गौर नरसंहारपछि छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरूको नाम किटेको थियो । मानव अधिकार आयोगले प्रतिवेदन लगायतका आधारमा उनीहरूमाथि छानबिन गर्नु भनेको थियो । सबै प्रतिवेदनको आधार मानेर सोमबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेका संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरिसकेको छ ।
अब सर्वोच्चको परमादेश प्रहरी कार्यालय रौतहटमा पुगेसँगै अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्नेछ । प्रतिवादी बनाएर किटान भएका १ सय ३० जनामाथि अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अभियोगपत्र पेस गर्नेछ । सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दर्ता गर्नेछ ।
पीडित भन्छन्– न्याय पाउने आशा जाग्यो
गौर नरसंहार हत्याकाण्डमा श्रीमान गुमाएका रौतहट बौद्धिमाई नगरपालिका– ८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागर देवी उपाध्याय सर्वोच्चको आदेशले न्याय पाउने आशा जागेको बताउँछिन् । उनका श्रीमान् नर्वदेश्वर उपाध्यायलाई तत्कालीन फोरम निकट कार्यकताको आक्रमणमा हत्या गरेपछि १८ वर्षदेखि न्यायको पर्खाइमा थिइन् । ‘हामीहरूले धेरैपटक आन्दोलन गर्यौँ, अनशन बस्यौँ,’ उनले रातोपाटीसँग भनिन्, ‘बल्लबल्ल छानबिन गर्न परमादेश जारी भएको छ ।’
गौर नरसंहारमामा घाइते भएका त्रिभुवन शाह १८ वर्षपछि सर्वोच्चको परमादेशले न्याय पाउने अनुभूति दिलाएको बताउँछन् । सर्वोच्चबाट परमादेशको कपी आइसकेको छैन, के कसो हो थाहा छैन, रिट निवेदकसमेत रहेका शाह भन्छन्, ‘हत्याका संलग्नलाई दण्ड सजाय दिएपछि मात्रै हामीले न्यायको अनुभूति गर्नेछौँ ।
कसरी भयो घटना ?
तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीनिकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले २०६३ चैत ७ गते रौतहटको गौर नगरपालिका– ५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए । फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो, यादव त्यतिवेला उक्त पार्टीका अध्यक्ष थिए ।
राइसमिलमा माओवादी र फोरमले एउटै स्थानमा सभा गर्न लागेको भन्दै नगरपालिकाभरि एकखाले त्रास पैदा भइसकेको थियो । स्थानीय प्रशासनले एकै स्थानमा सभा नगर्न अनुरोध गर्दा पनि दुवै पार्टीले मानेनन् । फोरमले मैदानको दक्षिण र माओवादीले उत्तरको कुनामा अघिल्लो दिन नै मञ्च बनाइ छाड्यो ।
फोरमको सभा पहिला सुरु भयो । माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । करिब २ः०५ बजेतिर फोरमका १५–२० जनाको समूहले माओवादीको मञ्च तोडफोड गरे । आफ्नो मञ्च तोडफोड गरेको देखेपछि माओवादीका कार्यकर्ताहरूले पनि राइस मिलको चौरमा सभा सुरु भएको फोरमको मञ्च तोडफोड गर्न थाले ।
अघिल्लो रात मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिराहा, चितवन, काभ्रे, रुकुम, सप्तरीबाट बोलाइएका माओवादी कार्यकर्तालाई सभामा खटाएको थियो । उनीहरू साना हतियारसहित आएका थिए । धेरैजसो बाहिरबाट आएका भएकाले उनीहरूलाई गौरको भूगोल थाहा थिएन । त्यही भएर माओवादीले बढी क्षति बेहोरेको थियो ।
सभा सुरु हुनु एक घण्टाअगाडि वाईसीएलले नगर परिक्रमा गरेको थियो । त्यही वेला मैदानमा बनाइएको माओवादीको मञ्च तोडफोड र आगजनी भइसकेको थियो । फोरम र माओवादीका कार्यकर्ताबिच झडप हुँदा माओवादीका कार्यकर्ताहरूको क्रूर ढंगले हत्या भयो । २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए, जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै ५३ जना घाइते भए ।
जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू
१. अजय गुप्ता, गौर–९ रौतहट २. गौरीशंकर यादव, गौर–९ रौतहट ३. बाबुलाल साह कानू, गौर–२ रौतहट ४. ललन सिंह, गौर–१३ रौतहट ५. चन्द्रिका सिंह, सरुअठा–४ रौतहट ६. बलराम सिंह कुँवर, ब्रम्हपुरी रौतहट ७. उपेन्द्र यादव, बसनाहा सप्तरी ८. राजेन्द्र यादव, ठेगाना नखुलेको ९. सञ्जीव यादव, टेंग्राहा–१ रौतहट १०. रामकलेवर सिंह, गौर–५ रौतहट ११. जगन्नाथ केसरी, गौर–९ रौतहट १२. सञ्जीव यादव, मुडवलवा–२ रौतहट १३. शम्भु सिंह, गंगापिप्रा–२ रौतहट १४. रामप्रवेश सिंह, गंगापिप्रा–२ रौतहट १५.रुपनारायण चौधरी, हथियाही–७ रौतहट १६. चुल्हाई साह, वसनपुर–१ रौतहट १७.देवानन भन्ने देवनाथ झा, वसतपुर–रौतहट १८. राम आधार साह, वसतपुर–१ रौतहट १९. शिवशंकर सिंह, ब्रम्हपुरी–१ रौतहट २०. जगरनाथ ठाकुर, ब्रम्हपुरी–५ रौतहट २१. गणेश राय यादव, शीतलपुर वैरगनिया रौतहट २२. विनोद सिंह ब्रम्हपुरी–१ रौतहट २३. जयनन्द यादव, दक्षिण भिटकैया बारा २४. नन्दकिशोर साह, सरमजुवा–२ रौतहट २५. कपिलदेव राय यादव, धरहरी रौतहट २६. दामोदर प्रियदर्शी, सोनरिया–४ रौतहट २७. बबन सिंह, ब्रम्हपुरी–१ रौतहट २८. भूषण सिंह, गौर–१३ रौतहट २९. रामप्रसाद लाल, ब्रम्हपुरी–२ रौतहट ३०. जितेन्द्र सिंह, ब्रम्हपुरी–१ रौतहट ३१. रामेश्वर राय यादव, मुडबलवा–२ रौतहट ३२. प्रेमचन्द्र झा, रौतहट ३३. राम अयोध्या महतो चनउ, गौर–६ रौतहट ३४. अवधेश चनउ, गौर–६ रौतहट ३५. रामनिवास सिंह, हजमिनिया–८ रौतहट ३६. उमेश तिवारी, हजमिनिया–८ रौतहट ३७. अशोक सिंह, हजमिनिया–१ रौतहट ३८. भाग्यनारायण साह, बसतपुर रौतहट ३९. शंकर सिंह, बसनपुर–८ रौतहट ४०. मुन्ना सिंह, हजमिनिया–१ रौतहट ४१. मंगल राउत बरई बरियारपुर–५ रौतहट ४२. शेख दाउद, कनकपुर रौतहट ४३. शंकर यादव, माइधिया मानपुर रौतहट ४४. अरुण सिंह, गौर–१३ रौतहट ४५. मुकुट सिंह, हजमिनिया–१ रौतहट ४६. विश्वनाथ पट्टेल, जेठरहिया–८ रौतहट ४७. वीरेन्द्र राउत, जेठरहिया–९ रौतहट ४८. जयचन्द्र यादव, टेंग्राहा–४ रौतहट ४९. दिन्ना यादव, टेंग्राहा–२ रौतहट ५०. सहन राय यादव, टेंग्राहा–१ रौतहट ५१. हरिन्द्र यादव, जयनगर–९ रौतहट ५२. वैद्यनाथ साह, मठिया–७ रौतहट ५३. ललि साह तेली, औरही–१ रौतहट ५४. शंकर साह बनिया, औरही–१ रौतहट ५५. वीरेन्द्र पाण्डे, गंगापिप्रा रौतहट ५६.जोद्धा साह, गौर रौतहट ५७. शंकर राय यादव, लक्ष्मीपुर रौतहट ५८. वेराहिम अन्सारी, जयनगर रौतहट ५९. श्रीनारायण झा, बसतपुर रौतहट ६०. रामबाबु प्रसाद यादव, कचारवा–१ बारा ६१. जियालाल प्रसाद यादव, इनर्वामाल कोइलीडिह बारा ६२. शिउनाथ पट्टेल, मझौलिया भिटकैया बारा ६३. मदन साह, गौर–१२ रौतहट ६४. अरबिन्द सिंह, हजमिनिया–१ रौतहट ६५. पवन सिंह, हजमिनिया–८ रौतहट ६६. भूपेन्द्र महतो, भसेढवा रौतहट
गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू
६७. राम सोगारत यादव, गौर–४ रौतहट ६८. पंकज भारती, गौर–४ रौतहट ६९. नरेश भारती, गौर–४ रौतहट ७०. दीपेन्द्र भारती, गौर–४ रौतहट ७१. देवी यादव, गौर–५ रौतहट ७२. लालकिशोर राउत, गौर–९ रौतहट ७३. रामदास साह, वसतपुर–१ रौतहट ७४. रामेश्वर साह, वसतपुर–१ रौतहट ७५. रामजी दास, वसतपुर–१ रौतहट ७६. रजनीश झा, वसतपुर–१ रौतहट ७७. हरिकिशोर यादव, गौर मालपोतमा लेखापढी गर्ने ७८. लालकिशोर राउत, गौर–९ रौतहट ७९. गंगा सिंह, गौर–९ रौतहट ८०. हिन्दु राय यादव, महमदपुर रौतहट ८१. नवल यादव, महमदपुर रौतहट ८२. ब्रज यादव, महमदपुर रौतहट ८३. सञ्जीव झा, रौतहट ८४. रणवीर महतो, रौतहट ८५. गगनदेव महतो, रौतहट ८६. सोनालाल यादव, रौतहट ८७. भुनरेस यादव, रौतहट ८८. नरेश साह तेली, रौतहट ८९. अर्जुन मल्लिक, गौर रौतहट ९०. जगदीश मल्लिक, गौर रौतहट ९१. फेकु, गौर गडवा रौतहट ९२. मुल्तिक, गडवा रौतहट ९३. भद्दा ठाकुर हजाम, ब्रम्हपुरी रौतहट ९४. रामशंकर श्रीवास्तव, ब्रम्हपुरी रौतहट ९५. तेजा बैठा, हजमिनिया पतही रौतहट ९६. अमर बैठा, हजमिनिया पतही रौतहट ९७. विनोद चमार, हजमिनिया पतही रौतहट ९८. मदन सिंह, वसतपुर रौतहट ९९. शिव पासवान, गौर–११ रौतहट १००. मसेज खाँ, गौर–१० सिसवा रौतहट १०१. दीपेन्द्र साह तेली, गौर–१० सिसवा १०२. छोटन सिंह, गंगापिप्रा रौतहट १०३. गगन सिंह, सिर्सिया रौतहट १०४. अनिल सिंह, रौतहट १०५. अमर यादव, इनरवारी–१ रौतहट १०६. धनञ्जय झा, गौर रौतहट १०७. वीरवासनी सहनी, बसन्तपटी–६ रौतहट १०८. किशोरी राय यादव, इनरवारी–१ रौतहट १०९. वलरुवा अन्सारी, जयनगर रौतहट ११०. रामचन्द्र गिरी, नरकटिया रौतहट १११. शम्भु साह कानू, गौर–२ रौतहट ११२. अवधेश चनउ, टिकुलिया–६ रौतहट ११३. सञ्जय केशरी, टिकुलिया–६ रौतहट ११४. राजीनन सिंह, गौर रौतहट ११५. रामकुमार शर्मा, महोत्तरी ११६. तेजीलाल पटेल, इनरवारी–६ रौतहट ११७. गगनदेव बैठा, टेंग्राह–७ रौतहट ११८. कौशल सिंह, वसतपुर–४ रौतहट ११९. रामनिवास सिंह, हजमिनिया रौतहट १२०. रामअवतार साह तेली, वसतपुर रौतहट १२१. राजेश गुप्ता, ठेगाना नखुलेको १२२. हरि सिंह, ठेगाना नखुलेको १२३. शंकर मुखिया, ठेगाना नखुलेको १२४. राजेन्द्र पटेल, ठेगाना नखुलेको १२५. रामप्रवेश पटेल, लक्ष्मनिया–५ रौतहट १२६. शेख जमशैद, गौर–१० रौतहट १२७. गुडु सिंह, ब्रम्हपुरी–१ रौतहट १२८. विनोद सिंह, ब्रम्हपुरी–१ रौतहट १२९. उमा राय यादव, औरइया–८ रौतहट १३०. विक्रम सिंह, गौर–१३ रौतहट



























