ललितपुर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषय उठाउन नहुने अडान लिएका छन्।
उनले महाधिवेशनको छलफल केवल विधानसँग सम्बन्धित विषयमा सीमित हुनुपर्ने बताए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा संकेत गर्दै ओलीले यस्तो विषयहरू पार्टीको केन्द्रीय कमिटी र सचिवालयले मात्र टुङ्ग्याउने जानकारी दिए।
ओलीले भने ‘पार्टीमा कतिपय विषयहरू अनावश्यकढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन् । तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन । जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन् । त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।
प्रतिक्रिया जनाउनुहाेस्


























