विज्ञापन

जेन–जीको आन्दोलनलाई बालेन शाहको समर्थन, भने– भोलिको र्‍याली स्पष्ट रूपमा जेन–जीको हो ।

विज्ञापन
Image
विज्ञापन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि आयोजना हुन लागेको र्‍यालीलाई पूर्ण रूपमा जेन– जीको स्वस्फूर्त आन्दोलन भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा शाहले २८ वर्षमुनिका युवाहरूले नेतृत्व गर्ने यो र्‍यालीमा कुनै पनि पार्टी, नेता, सांसद, अभियन्ता वा कार्यकर्ताले आफ्नो स्वार्थ पूरा गर्न ‘बाठो नबन्न’ चेतावनी दिएका छन् ।

‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेन–जीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु,’ उनले भनेका छन् ।

उनले जेन–जीलाई सम्बोधन गर्दै ‘प्रिय जेन–जी भन्नुस्, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’ भनी प्रश्न गरेका छन् ।

शाहले आफ्नो स्टाटसमा र्‍यालीप्रति पूर्ण समर्थन जनाएको भन्दै युवा पुस्ताले देखाएको ऊर्जा र चाहनालाई सुनिनु आवश्यक रहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन