काठमाडौँ, २४ भदौ – जेनजी आन्दोलनमा सुरुदेखि नै समर्थन जनाउँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमै मंगलबार बिहान प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आन्दोलनकारीले अचानक ढुंगा प्रहार गर्दा सुरक्षा संवेदनशील बनेको छ ।यद्यपि प्रचण्ड जेनजी आन्दोलनका पक्षमा उभिँदै आएका छन् । सोमबारको प्रदर्शनमा १९ जना प्रदर्शनकारीको ज्यान गएपछि उनले पार्टीको जारी मध्यपहाडी लोकमार्ग अभियान स्थगित गर्दै काठमाडौँ फर्किएका थिए । त्यसपछि पदाधिकारी बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र निहत्था युवामाथि भएको गोली प्रहारको विरोध गर्ने निर्णय समेत उनले गराएका थिए ।
मंगलबार बिहान पनि उनले विपक्षी दलका नेताहरूसँग बैठक गरी जेनजी पुस्ताका मागलाई सम्बोधन गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।
तर आन्दोलनकारीले प्रचण्ड निवासमै ढुंगामुढा गरेपछि राजनीतिक वृत्तमा नयाँ प्रश्न उठेको छ – जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै आएका नेतामाथि नै किन आन्दोलनकारीको आक्रोश प्रकट भयो ? विश्लेषकहरूको भनाइमा, यो आक्रोश केवल सरकारविरुद्ध मात्र नभई सम्पूर्ण राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्ने संकेत पनि हुन सक्छ वा अन्य कुनै घुसपैठ पनि हुनसक्छ ।
विज्ञापन

सुरुवात देखि जेनजीको समर्थनमा प्रचण्ड, तर निवासमै ढुंगामुढा
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन














