निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित भएको छ। वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित भएको हो। यस अघि जेन–जी समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै अब त्रिपक्षीय वार्ता सुरु भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की छलफलमा जुट्दै गर्दा राजावादीका रूपमा पछिल्लो समय चर्चा कमाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रवेशसँगै तत्काललाई वार्ता स्थगित भएको हो।
प्रतिक्रिया जनाउनुहाेस्



























