‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बिचमा ल्याउन कोसिस गर्यौँ तर सुरक्षा खतराको बहानामा जङ्गी अड्डाले निस्कन नदिएको सत्य हो’ उनले लेखेका छन् ।
देशको परिस्थिति गम्भीर बनेको उनको भनाइ छ । जङ्गी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौती दिई राष्ट्रिय सङ्कट निम्त्याउँदै गरेको सापकोटाले दाबी गरेका छन् ।
उनले जस्तो सुकै सङ्कटमा पनि कोही विचलित नभई नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लड्ने बताएका छन् ।जस्तो सुकै परिस्थितिमा पनि नेपालको परिवर्तन र अग्रगमनका पक्षमा रहने उनले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























