काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा आज दिउँसो निषेधाज्ञा मात्र लागू हुने भएको छ भने कर्फ्यू रातिदेखि मात्रै लागू हुनेछ।
नेपाली सेनाले दिएको जानकारीअनुसार आज २०८२ भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। तर, कर्फ्यू आदेश भने आज साँझ ७ बजेदेखि भोलि २८ गते बिहान ६ बजेसम्म मात्र लागू हुने व्यवस्था गरिएको छ।
नेपाली सेनाको तर्फबाट राति १२.५१ बजे मोबाइलमा पठाइएको एसएमएसमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन र संघ–संस्थाको गतिविधि सञ्चालनमा कुनै रोकावट नहुने सेनाले स्पष्ट पारेको छ।
जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तुको व्यवस्थापनका लागि आज २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बजार खुला रहने व्यवस्था गरिएको छ। तर, सेनाले भीडभाड नगरी स–साना समूहमा मात्रै आवश्यक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै लागू गरिएको यो निर्णयप्रति नेपाली सेनाले सबैको सहयोग अपेक्षा गरेको छ।












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg)