विज्ञापन

राष्ट्रिय संस्कृति पार्टी’दर्ता गराय हर्कराज राई सामपाङले

विज्ञापन
Image
विज्ञापन

१२ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले रुपान्तरण खबरसँग भन्यो ।‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो । खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङ गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गरेका थिए ।मेयर निर्वाचित भएयता उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए ।उनी सामाजिक सञ्जालमा पनि अत्यन्तै सक्रिय रहन्छन् ।यसैबीच पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेलामा पनि साम्पाङ काठमाडौं आएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन