राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठकै ठाउँमा डा.तोसिमा कार्की पनि पुगेकी छन् । यसअघि नै पार्टी नेतृत्व सच्चिन आवश्यक छ भनेर प्रश्न गर्दा पार्टी छाडेर जाऊ ‘गेट आउँट’ भन्ने सुमनाले जवाफ पाएकी थिइन, तर त्यही अनुसार उनले पार्टी छाडिन । अहिले डा.तोसिमाले पनि पार्टी पुननिर्माण गर्नुपर्ने र नेतृत्वमा रहेकाहरु सच्चिनु पर्ने भनेर आवाज उठाउँदा सुमनाले पाएको जवाफ जस्तै पार्टी छाडेर जाऊ भन्ने जवाफ पाएको बताएकी छन् । सुमनाले पार्टी नेतृत्वको विरुद्ध पार्टी छाडेपछि कडा प्रश्न गर्दै सामाजिक सञ्जालबाट आलोचना गरिन् तर डा.तोसिमाले पार्टी नछाड्ने बरु नेतृत्वहरुको भण्डाफोर गर्ने चेतावनी दिएकी छन् । उनीहरु दुबैलाई रवि लामिछाने पक्षधर नेताहरुले पार्टी छाड्न धम्की दिएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्




























