विज्ञापन

सुदन किरातीले गरे दसैंमा अशक्तलाई घरको छानो उपहार दिने घोषणा

विज्ञापन
Image
विज्ञापन

नेकपा माओवादी केन्द्रका युवा नेता एवं पूर्वमन्त्री सुदन किरातीले यस वर्षको दसैंमा भोजपुरका एक अशक्त नागरिकलाई घरको छानो उपहार दिने घोषणा गरेका छन् । भोजपुर नगरपालिका १ डाँडाबोखिममा एक्लै बस्दै आएका अपाङ्ग भरत राईको घरमा जस्ताको छानो हालिदिने सुदनले सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका छन् । भूमिगत राजनीति कै समयदेखि नै परिवासँग दसैं मनाउँन छाडेका सुदनले २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि रहेक वर्षको दसैं खर्च सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

सुदनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-
हरेक वर्षको दशैं खर्चले सामाजिक काम गर्दै आएको छु । यो वर्ष पनि भोजपुर न.पा.-१, डाँडाबोखिम निवासी एक्लो अनि अपाङ्ग जीवन बिताई रहनु भएका ‘भरत राई’को घरमा जस्ताको छानो लगाइदिने निर्णय गरेको छु । पोहोर सालको दशैंमा भरतसँग हाम्रो भेट भएको थियो । कुराकानी गर्दा, “उहाँको आत्मा भित्र दुई वटा कुरा पाएँ । एउटा पानी पर्दा घर चुहिने ठूलो चिन्ता र अर्को जस्ताको छानो लगाएर विवाह गर्ने जीवनको सपना ।”
अब कृपया कमेन्टमा बिहे पनि गरिदेउ भनेर नलेखी दिनुहोला धन्यवाद !
नोट:- सदाझैं अगाडी नै बनाई सकेर आज हस्तान्तरण गर्नुपर्ने थियो तर परिस्थितिले सकिएन । दशैंपछि तुरुन्त बनाइने छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन