१८ असोज काठमाडौं: सोल्टीमोडमा पश्चिमतर्फ अहिले शनिबार बिहान स्युचाटार खोलाले गर्दा बाटो भासिएको छ। काठमाडौँ महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घरनजिक करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ। महानगरपालिकाका अनुसार अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ।
प्रतिक्रिया जनाउनुहाेस्



























