धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहले सम्भवनाको सबै ढोका बन्द गरेको बताएका छन् । जनताले मिलेको मनपराएको तर जेनजी आन्दोलनपपछि आफूले सहकार्यका लागि बारम्बार फोन गर्दा पनि नउठाएको हर्कले एक अन्तर्वार्तामा बताएका छन् । जनेजीले प्रधानमन्त्री बनाउँन खोज्दा पनि डराएर बालेनले प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
हर्क साम्पाङ भन्छन्-
खास परममित्र हाम्रो केही पनि होइन हामी, मैले भने त, पब्लिकले हामीलाई मिलेको मनपराएका थिए, होइन रु त्यसले गदौ खेरी अब पब्लिकले मिलेको मनपराउँछन् भने मिलौ न त भन्ने खालको थियो । तर यसपाली देखि उहाँले अब सबै खालको सम्भवनाको ढोका बन्द गर्नुभयो होइन ? म यहाँबाट ५ सय किलोमिटर टाढा गाडीमा चढेर जादैं गर्दा उहाँलाई फोन गर्नु बारम्बार उसले नउठाउनुले होइन, अनि उसलाई अगाडि जेनजीले सारेको होइ, उ प्रधानमन्त्री बनेको भए अहिले अर्कै हुन्थ्यो होला नि त, उ नमान्न, डराउनु, अनि उसले अर्को मान्छेलाई सार्नु, जसलाई जेनजीले चिनेकै छैन्, होइन ? अनि यो त सबै कुरा भरै त कस्तो भने Scripted रैछ क्या, होइन ? हेर्दा घटना घटे जस्तो तर हुनु चाही फिल्म रैछ । फिल्ममा के हुन्छ भन्दा खेरी हिरो हिड्दै आउँने टकटक हिँड्दै आउने…




























