२३ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ले संसद् सचिवालयबाट लिएको गाडी फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार उनले बुधबार गाडी फिर्ता गरेका हुन् ।
संसद् सचिवालयबाट गाडी सुविधा लिएका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षहरूले समेत गाडी फिर्ता गरेका छन् । पूर्वसभामुखले मन्त्रिपरिषद्को निर्णयका आधारमा गाडी सुविधा पाउँदै आएका थिए । राष्ट्रिय सभाको पूर्वअध्यक्षको हकमा कुनै निर्णय थिएन ।
कानुनमा उल्लेख नभएर र कुनै निर्णय पनि नभएर गाडी सुविधा लिएका अन्यले समेत गाडी फिर्ता गर्न थालेका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष र सभामुखका स्वकीय सचिवलाई गाडी सुविधा दिने कानुनी व्यवस्था छैन ।
प्रतिक्रिया जनाउनुहाेस्



























