विज्ञापन

स्वर्णिम वाग्लेले बनाउँदैछन् वाचा पत्र चुनाव केन्द्रित रास्वपा

विज्ञापन
Image
विज्ञापन

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव केन्द्रित भएको छ । रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनेको छ । आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउन लागिएको हो । प्रवक्ता झा भन्छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ ।’

दुई ठूला दल कांग्रेस र एमाले चुनावप्रति शंका गरिरहेका बेला रास्वपाले चुनाव केन्द्रित भएको जनाएको हो । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अगाडि बढाउन खोजिरहेको छ । यो विषयमा कांग्रेसले औपचारिक रुपमा केही निर्णय लिएको छैन् । माओवादी केन्द्र पनि चुनावको पक्षमा उभिएको छ ।

यो बेला विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा भने चुनावको वातावरण बनाउन र पार्टीको वाचापत्र लेखनमा लागेको हो ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्य उल्टै कांग्रेस र एमालेमाथि शंका गर्छन् । सामाजिक सञ्जालमार्फत उनले पुराना दल पुरानो संसदीय अंकगणित हेरेर अगाडि नबढ्न सुझाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन