विज्ञापन

चमार समुदायकै पहिलो डाक्टर रामजी राम स्वास्थ्य मन्त्री बन्ने !

विज्ञापन
Image
विज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारको मन्त्रिपरिषद्मा रौतहट जिल्लाका डाक्टर रामजी राम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् । चमार समुदायबाट पहिलो एमबीबीएस डाक्टर बनेका रामजीलाई प्रधानमन्त्री सुशीलाले जेनजी प्रतिनिधिको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवार दिन लागेकी हुन् । गरिबी, जातीय विभेद र असमानतामाथि जित्दै रामजीले असम्भव जस्तै लाग्ने डाक्टर बन्ने सपना पूरा गर्न सफल भएका हुन् ।

काठमाडौंमा आएर उनले सुकुम्बासी बस्तीमा बस्दै शहरका गल्लिगल्लीमा ग्याँस चुलो र कुकर मर्मत गर्ने काम गरे । पढाइका लागि ट्युसन पढाएर आएको ७०० ले खर्च चलाए । कहिले रोटी घरबाटै बनाएर होटलमा मागेर अचारसँग खान्थे ।२०७२ सालमा सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने मौका पाए तर किष्ट मेडिकल कलेजले १५ लाख अतिरिक्त शुल्क माग्दा उनी पुनः संघर्षमा होमिए ।

गरिबिकै कारण उनले पैसा तिर्न सक्ने अवस्था नभएपछि सर्वोच्च अदालत पुगेपछि उनले न्याय पाए र भर्ना हुन पाए । चौथो वर्षमा पनि कलेजले शुल्क नतिरेको भन्दै परीक्षा हलबाट निकाल्दा उनी रोए-तर हार मानेनन् । अन्ततः २०७९ सालमा एमबीबीएस पूरा गरे र नेपाल मेडिकल काउन्सिलको सुकुम्बासी बस्तीमा संघर्ष गर्दै ठूला सपना देख्ने युवाको अब यात्रा मन्त्रालयसम्म पुगेको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन