विज्ञापन

यूएईलाई हराएर सुपर सिक्समा बलियो सुरुवात गर्ने नेपालको लक्ष्य

विज्ञापन
Image
विज्ञापन

२६ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग खेल्दै छ ।

समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन् । दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन् ।

नेपाल र यूएईबीचको खेललाई एसोसियटको ‘महाभिडन्त’ पनि भन्ने गरिन्छ । यी दुई टोलीको पछिल्लो लय र पहिलेका नतिजाले दुई टोलीलाई एकअर्काको ‘राइभल’ बनाएका छन् ।

महत्वपूर्ण प्रतियोगिताहरूमा पटकपटक भेट भइरहने २ टोलीबीचको स्तरमा त्यति धेरै फरक छैन । तर निर्णायक खेलहरूमा एकले अर्कोलाई स्तब्ध बनाउँदै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन