विज्ञापन

म एमालेको जेनजी होइन, एमालेका मान्छेहरुले बोल्न लगाएका हुनः रेजिना चौधरी

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेको कार्यक्रममा आफू नेकपा एमालेको जेनजी भएकोले घोर भ्रष्टाचार गर्छु भनेर भाषण गर्दा भाइरल बनेकी रेजिना चौधरीले आफू नेकपा एमालेको जेनजी नभएको बताएकी छन् । आफू कुनै पार्टीको जेनजी नभएको तर आफूलाई एमालेका मान्छेहरुले नानी जेनजीको बारेमा यो-यो छ बोल्नु भन्दै सिकाएर बोल्न लगाएको एक अन्तर्वार्तामा बताएकी छन् ।

आफूले घोर भत्सना भन्न खोजेको तर झुक्किएर घोर भ्रष्टाचार गर्छु भन्ने भनेकोले तत्कालै शब्द सच्याएपनि पुरानै बोलीलाई भाइरल गरिएको भन्दै दुख व्यक्त गरेकी छन् । उक्त कार्यक्रममा हरेक घरबाट १ जना जानुपर्ने भएकाले आमाको ठाउँमा आफू सहभागी भएको बताएकी छन् । कसैले आफूलाई पैसा दिएर बोलेको भन्ने कुरा असत्य भएको आफू कसैबाट प्रयोग समेत नभएको रेजिनाले बताएकी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन