जेनजी आन्दोलनमा सहभागी भएर भाइरल भएका टिओबीका कमाण्डर तेन्जीन दाला लामाको नागरिकता नै नक्कली भएको खुलासा भएको छ । तेन्जीनको नागरिकता नक्कली भएको काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले पुष्टि गरेका छन् । तेन्जीनले लिएको वंशजको नागरिकतासँगै बुबा आमा पनि नक्कली भएको वडाध्यक्ष भुवनले जानकारी दिएका छन् । जेनजी आन्दोलनको केही दिनपछि पेस्तोल देखाएको भिडियो भाइरल भएपछि पक्राउ परेका तेन्जीनबाट प्रहरीले नक्कली पेस्तोत बरामत गरेको थियो । पेस्तोल खेलाएको भिडियो धेरैले जेनजी आन्दोलनकै दिन भएको अनुमान गरेपनि उक्त भिडियो केही दिन पहिलेकै भएको खुलेको थियो । उनी अहिले प्रहरी हिरासतमै रहेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























