विज्ञापन

निबर्तमान उर्जामन्त्री दीपक खड्का जलेको घरबाटै सार्वजनिक गृहमन्त्रीले भनेका थिय अमेरिका पुगे

विज्ञापन
Image
विज्ञापन

३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ ।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएको छन् ।

गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए ।

‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं’, गृहमन्त्री अर्यालले अन्तर्वार्तामा भनेका थिए ।

तर, खड्का भिडियोमार्फत काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन