विज्ञापन

विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी

विज्ञापन
Image
विज्ञापन

४ कात्तिक, कञ्चनपुर । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् ।

उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन