विज्ञापन

प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल संग छलफल गर्दै कुन दल बाट को सहभागी हुँदै छन ?

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुने भएका छन् ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा पार्टीबाट उपसभापति वाग्ले र सचिवालय गौतम सहभागी हुने जानकारी दिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधानमन्त्रीसँगको छलफलमा महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन् ।

तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यसैगरी जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् । यसैगरी जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् ।

राष्ट्रिय मान्यताप्राप्त सात दलका नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन