विज्ञापन

प्रचण्ड नेतृत्वको नेकपा र नेकपा एमाले पुर्ब उपाध्यक्ष डा.भिम रावल बिच पार्टी एकता हुँदै आज

विज्ञापन
Image
विज्ञापन

२६ कात्तिक, काठमाडौं ।नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् ।

कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ ।

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् ।

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन