विज्ञापन

शिक्षासँगै भविष्य निर्माणको पाठ सिकाउँदै काठमाडौंको एभरेस्ट फ्लोरिडा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नयाँ बानेश्वरको लाखेचौरमा अवस्थित एभरेस्ट फ्लोरिडा उच्च माध्यमिक विद्यालय पछिल्लो समय गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित बन्दै गएको छ। २०६९ सालमा स्थापना भएको यस शैक्षिक संस्थाले प्ल्स टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानून संकाय सञ्चालन गर्दै आएको छ।

विद्यालयले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक तथा सिर्जनात्मक शिक्षामा जोड दिँदै आएको जनाएको छ। विद्यालयका कक्षाकोठामा सहभागितामूलक सिकाइ, परियोजना कार्य, प्रस्तुतीकरण तथा समूहगत अभ्यासमार्फत विद्यार्थीलाई आत्मविश्वासी र प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको छ। आधुनिक बहुमाध्यम कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब तथा पुस्तकालयले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाएको विद्यालय प्रशासनको दाबी छ। साथै, स्मार्ट प्रविधिमार्फत शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाईएको छ।

विद्यालयका उप–प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलका अनुसार विद्यालयले विद्यार्थीलाई केवल परीक्षामुखी नभई नैतिक, सिर्जनात्मक र व्यवहारिक शिक्षामा केन्द्रित गरिरहेको छ। “हामी सुरक्षित र बौद्धिक वातावरणमार्फत विद्यार्थीलाई नवप्रवर्तनशील सोच र समस्या समाधान क्षमतातर्फ प्रेरित गर्छौँ,” उनले भने।

विद्यालयका अनुसार यहाँ अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन गराइन्छ। विद्यार्थीको शैक्षिक विकाससँगै नेतृत्व क्षमता, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्व विकासमा समेत विशेष ध्यान दिइने गरिएको पौडेल बताउँछन् । खेलकुद, वादविवाद, सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण, प्रतिवेदन लेखन तथा विभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याएको उनको भनाई छ ।

विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। पौडेलका अनुसार हालसम्म सयौँ विद्यार्थी चिकित्सा, इन्जिनियरिङ तथा विदेश अध्ययनमा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।

विद्यालयले अनुशासन, सकारात्मक सोच तथा विद्यार्थी- अभिभावक- शिक्षकबीचको समन्वयलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। नयाँ बानेश्वरको शैक्षिक केन्द्रमा रहेको यो विद्यालय अनुभवी शिक्षक टोली, अनुशासित वातावरण तथा विद्यार्थीमैत्री शिक्षण प्रणालीका कारण अहिले काठमाडौंको उदीयमान शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको देखिन्छ। आगामी दिनमा अझ प्रविधिमैत्री तथा प्रतिस्पर्धात्मक शिक्षण प्रणाली विकास गर्ने लक्ष्य विद्यालयले लिएको जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन