विज्ञापन

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

विज्ञापन
Image
विज्ञापन

८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन