१२ साउन, काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेले स्वतन्त्र र निश्पक्ष निर्वाचनको सुनिश्चितता खोजेका छन् ।
निकट भविष्यमा स्थानीय तहको र प्रदेशको निर्वाचन हुने उल्लेख गर्दै दुवै दलले यो पृष्ठभूमिमा हुन लागेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्ति हुँदा प्रस्तावित व्यक्तिहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सक्नुपर्ने बताएका हुन् ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसपछि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरूलाई साउन आज र प्रस्तावित प्रमुख आयुक्तलाई भोलि प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो ।
त्यसअनुसार आज जारी प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित व्यक्तिहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सक्नुपर्ने बताएका हुन् ।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने , ‘निर्वाचन आयोगलाई साँच्चै निर्वाचन आयोग कसरी बनाउने ? स्वतन्त्र कसरी बनाउन सकिन्छ ? यसबारे यहाँहरूले आस्वस्त पार्न सक्नुपर्छ ।”
निर्वाचन आयोग लगायत संवैधानिक निकाय निष्पक्ष हुन आवश्यक रहेको दोहोर्याए । ‘यस्ता संस्था हिजो पनि सरकारको लाचार छाया थिए, छन् । यो बदलिनुपर्छ,’ उनले भने ।
नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले भनिन, ‘निस्पक्ष्री निर्वाचन आजको प्रमुख कुरा हो ।’
भन्दा निष्पक्ष भन्ने तर व्यबहारमा विदेशमा भएकाको नाममा, मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान हुने प्रवृत्ति कायमै रहेको बताइन् ।
निर्वाचन बुथ कब्जा गरेरै मतदान गर्ने प्रवृत्ति रहेको भन्दै यस्तोमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठ्ने र प्रश्न उठ्दै आएको बताइन् ।




























