विज्ञापन

भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

विज्ञापन
Image
विज्ञापन

१४ भदौ, काठमाडौं । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।

विदेशमन्त्री जयशंकरले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

त्यस्तै, डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरणसहितको फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ ।

दूतावासका अनुसार, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, सरसफाइका सामग्री लगायतका राहत सामग्री पनि नेपाल आइपुगेको छ । यो भारतले नेपाल पठाएको चौथो खेप सहायता हो ।

बाढीपहिरोले सडक र पुलहरूमा क्षति पुर्‍याएको अवस्थामा यातायात सुचारु गर्न भारतले संरचनागत सहयोग पनि पठाएको छ।

विदेशमन्त्री जयशंकरका अनुसार, २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरणहरू बोकेका १६ वटा ट्रकहरू नेपाल प्रस्थान गरिसकेका छन् ।

यसका साथै, थप ७ वटा बेली ब्रिजका उपकरणहरू र ती जडान गर्ने प्राविधिक टोलीहरू पनि छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन्।

हालसम्म ६८.५ टन राहत सामग्री काठमाडौंमा

भारतले विपद्को यस घडीमा हालसम्म कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ ल्याइसकेको जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन