विज्ञापन

चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर

विज्ञापन
Image
विज्ञापन

१४ भदौ, काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ ।

चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन नेटवर्क( सीजीटीएन)ले यस्तो सूचना दिएको हो । सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो ।

पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो ।

यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।

यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ । भदौ १० गतेको भीषण बाढी पछि चिनियाँ पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन