विज्ञापन

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख सहयोग गर्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत पठाउने निर्णय गरेको जनाएको छ। विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
उनका अनुसार पार्टीले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने गरी आवश्यक समन्वयसमेत गर्नेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन