भाद्र२० काठमाडौं :प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा रु ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको छ।
सरकारले यसअघि कोषमा जम्मा भएको रु १ अर्ब बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ।
कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रु ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ जम्मा रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर मौज्दात रहेको छ।
रसुवासहित बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको सरकारले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्



























