काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘बेहुली’ले ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणलाई संक्षिप्तरुपमा प्रकाश पार्छ ।आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । सो अवसरमा बोल्दै निर्माता अर्जुन पोखरेलले बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरे ।
कुल कमाइबाट निर्माताको हिस्सामा आउने ५ प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आउने उनले बताए ।
चर्चित संगीतकार पोखरेल यो फिल्मबाट पहिलोपटक निर्माताको रुपमा आएका हुन् । ट्रेलर हेर्दा, उनले आफ्नो सांगीतिक विशेषतालाई फिल्मभित्र पनि समेटेको देखिन्छ ।
सशान कँडेलको निर्देशन र माधव शर्माको पटकथा रहेको फिल्ममा पारस बम, दिब्या रायमाझी, सुशान्त कार्की, पदम गिरी, सन्तोष बानियाँ लगायतलाई चित्रण गरिएको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति बनेको फिल्ममा प्रताप राणा निर्माता हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।



























