२५ भाद्र काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ । पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान नगरेको भन्दै मन्त्री यादवको आलोचना बढेको थियो ।उनले हिजोमात्र संसदीय समिति बैठकमा ग्यास अभावको दोष उद्योगीलाई थोपर्दै कर्मचारीले समेत आफूलाई साथ नदिएको बताएकी थिइन् ।
उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्





























