विज्ञापन

नेकपा बहुमतको नाममा चन्दा उठाउने समातिए

विज्ञापन
Image
विज्ञापन

९ असोज, काठमाडौं । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्ज्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–३ घर भएका ४० वर्षीय शम्भुप्रसाद जैसी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिजुलीबजारबाट पक्राउ गरेको हो । पार्टीलाई आर्थिक सहयोग भन्दै व्यवसायीहरूलाई धम्कीपूर्ण फोन गर्दै चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ ।

चन्दाको धम्की आएपछि व्यवसायीहरूले लिखित उजुरी नै दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन