११ असोज,बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्याएको छ ।
गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो ।
बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्याएको छ ।
बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बुटवल-११ का वडा सदस्य युवराज रानाले बताए।
स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्


























