१८ असोज काठमाडौं :नेपाली कांग्रेस केन्द्रीय समितिको आकार बढ्ने भएको छ ।कांग्रेसको इतिहासमै पहिलोपटक वरिष्ठ उपसभापति पद राखिने भएको छ । अब कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, दुई उपसभापति र दुई महामन्त्री रहने छन् ।
यसैगरी जनजाति, मधेशी, थारु, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरमा आठ र सभापतिले मनोनीत गर्ने तीन गरी ११ सहमहामन्त्री हुनेछन् ।
सहमहामन्त्रीमा पनि मनोनीत कोटा हटाएर क्लस्टर थप गर्न छलफल भइरहेको छ । खुला केन्द्रीय सदस्य ३५ बाट बढाउन छलफल जारी छ ।
३५ वर्ष मुनिबाट २१ जना, पेशागत, बुद्धिजीवीलगायतबाट छनोट हुने सात, जनसम्पर्क समितिबाट चयन हुने ६ जना कायमै हुने भएको छ । २ सय ३१ सदस्यीय केन्द्रीय समितिको आकार बढ्ने भएको हो ।
भोलि सुरु हुने बन्दसत्रबाट परिमार्जित विधान पारित गर्ने तयारी छ ।
प्रतिक्रिया जनाउनुहाेस्





























