विज्ञापन

हुम्लामा पहिरोले पुरियर ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

विज्ञापन
Image
विज्ञापन

९ साउन, हुम्ला । मुगुम कार्मारोङ गाउँपालिका-५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो ।

गए राति ढुङ्गासहित आएको पहिरोमा परेर तीन वर्षीय रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा-आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ। उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् ।

पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

करिब २०० मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ । घटनास्थल आसपासका थप आठ घरसमेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको  र ७ परिवार बिस्थापित भयको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबीराज थपलियाले बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन