विज्ञापन

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

विज्ञापन
Image
विज्ञापन

१५ भदौ, काठमाडौं । कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार दिउँसो सम्पन्न खेलमा नेपालले बहराइनमाथि ७ विकेटको जित हासिल गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्‍यो । अर्जुन कुमाल ३६ तथा रोहित पौडेल १९ रनमा अविजित रहे ।

बहराइनका इमरान जावेदले २ विकेट लिँदा नेपालको अर्को एक विकेट रनआउट मार्फ्त गुम्यो ।

त्यसअघि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो ।

सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए ।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।

१४औं ओभरमा सुरुवाती बलिङ थालेका सन्दीपले पहिलो बलमै विकेट लिएका थिए भने चौथो बलमा अर्को विकेट लिए ।

त्यसपछि उनले आफ्नो पाँचौं ओभरमा १ विकेट लिए भने सातौं ओभरमा र आठौं ओभरमा १-१ विकेट लिँदै ५ विकेट पूरा गरे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन