विज्ञापन

समाजवादी जागरण अभियानद्वारा १५ बुँदे प्रस्ताव पारित (प्रस्तावसहित)

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी नेता खनालले अभियान गठनबारे जानकारी दिएका हुन् । साथै अभियानको हालै बसेको बैठकले विभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराइएको छ ।

पारित प्रस्तावमा बृहत् वाम एकता आजको आवश्यकता भएको उल्लेख छ ।

‘देशका कम्युनिस्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृङ्खलित छन् । देश सामाजिक, आर्थिक, सांस्कृतिक तथा राष्ट्रियताको गम्भीर सङ्कटबाट गुज्रिरहेको अवस्थामा छ’, प्रस्तावमा भनिएको छ, ‘यस्तो अवस्थामा साझा जनहित र राष्ट्रिय हितका सवालमा सम्पूर्ण वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न यो अभियान हार्दिक आग्रह गर्दछ ।’

त्यस्तै अभियानले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जोड दिएको छ । ‘सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई सही वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा एकताबद्ध गर्दै एकीकृत नेकपा निर्माणको दिशामा योगदान पुर्‍याउन कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी तथा चुनौतीको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा सङ्गठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउन यो अभियान जोडदार आह्वान गर्दछ’, प्रस्तावको १४ नम्बर बुँदामा भनिएको छ ।

अभियानले नेपाली विशेषताको समाजवादबारे खुला वैचारिक बहसका लागि आह्वान गरेको छ । अभियानले कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनमा जोड समेत दिएको छ ।

‘सम्पूर्ण समाजवादी तथा क्रान्तिकारी शक्तिलाई क्रान्तिकारी वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक कार्यशैलीगत, पद्धतिगत र आचरणगत विषयमा खुला र नीतिनिष्ठ आधारमा बहसमा सहभागी हुन आह्वान गर्दछ’, पारित प्रस्तावमा भनिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन