विज्ञापन

धुर्कोट र कालीगण्डकीमा आज स्थानीय बिदा

विज्ञापन
Image
विज्ञापन

८ मंसिर, गुल्मी । गुल्मीका दुई स्थानीय तह धुर्कोट र कालीगण्डकी गाउँपालिकाले स्थानीय पर्व तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक निकाय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूलाई स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।

धुर्कोट गाउँपालिकाले पनि कात्तिक शुक्ल पूर्णिमाको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको मिति २०८३ कात्तिक २९ गतेको निर्णयअनुसार गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय तथा गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था र बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने सूचना जारी गरिएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर थापाद्वारा जारी सूचनामा उक्त बिदासम्बन्धी जानकारी सम्बन्धित सबैमा गराइएको छ । त्यस्तै कालीगण्डकी गाउँपालिकाले आफ्नो मौलिक संस्कृति, परम्परा तथा धार्मिक महत्व बोकेको भिकुम पूर्णिमाको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

स्थानीय पर्व, संस्कृति, परम्परा र धार्मिक महत्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय तहहरूले यस्ता बिदा दिने निर्णय गर्दै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन