विज्ञापन

प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपा- सुल्झाउनै पर्ने विषयलाई फेरि पनि थाती राखियो: प्रकाश ज्वाला

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सन्तोषजनक भएको टिप्पणी गरेको छ।

प्रवक्ता प्रकाश ज्वालाले रुपान्तरण खबर संग कुरा गर्दै सीमासहितका दीर्घकालीन महत्वका विषयमा भने कुनै निष्कर्ष निकाल्न नसकेको बताए।

उनले भने, ‘भ्रमण नै नगर्ने अडानबाट ब्याक भएर ढिलै भए पनि उहाँले गर्नुभयो, दुई देशको सम्बन्धलाई स्थापित राख्न एउटा यो नै महत्त्वपूर्ण कुरो हो।’

उनले भ्रमणबारे आफ्नो पार्टीको मिश्रित खाल मूल्याङ्कन रहेको बताए।

उनले थपे, ‘दीर्घकालीन महत्त्वका नेपाल र भारतका बीचका सुल्झाउनै पर्ने विषयहरू फेरि पनि थाती राखेर आउने काम भयो। जस्तो सीमा समस्या छ, त्यसभन्दा पहिलेका असमान सन्धिहरूका कुराहरू छन्। दीर्घकालीन महत्त्वका विषयहरूमा छलफल र निष्कर्ष निकाल्ने काम भएन।’भ्रमणबाट केही उपलब्धि पनि भएको उनको भनाइ छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन