विज्ञापन

सुदूरपश्चिममा एमाले संसदीय दलको नेताबाट रावललाई हटाउने तयारी

विज्ञापन
Image
विज्ञापन

कानून विपरीत चारपाङ्ग्रे सरकारी गाडी लिएर दुरुपयोग गरिरहेको, सार्वजनिक अभिव्यक्ति दिँदा धार्मिक स्थलको दुष्प्रचार भएपछि विरोध भइरहेको अवस्थामा एमालेको पार्टी नेतृत्व रावललाई दल नेताबाट हटाउन तयार भएको हो ।

बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमका नेताहरूसँग छलफल गरेर दल नेताबाट रावललाई हटाउन सहमति दिएका स्रोतले जनाएको छ ।

दल नेता रावलले पार्टीका नेता–कार्यकर्तालाई बेवास्ता गरी स्वार्थमा लागेको, नियुक्तिहरूमा पार्टीमा छलफल नगरी एकलौटी गरेको, सरकारी गाडीको दुरुपयोग गर्दा र हचुवाको भरमा सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीलाई क्षति पुगेको ठहर एमाले नेतृत्वले गरेको बताइएको छ ।

नेता रावललाई हटाएर कसलाई दल नेता बनाउने भन्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनायो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन