विज्ञापन

बैंकक जानू अघि देउवाले  गरेका थिए प्रचण्डलाई फोन,फर्किने वितिकै भेट्ने वाचा गरेको माओवादीमा ब्रिफिङ

विज्ञापन
Image
Oplus_131072
विज्ञापन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पूर्ण बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्याण्डबाट फर्किनेबित्तिकै भेट्ने वाचा गरेको ब्रिफिङ सुनाएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको आजको बैठकमा सभापति देउवाले थाइल्याण्डको बैंकक जानुअघि फोन गरेर वस्तुस्थिति जानकारी गराएको सुनाएका हुन् ।

‘देउवाले थाइल्याण्ड जाने बेलामा जाँदैछु भन्नुभयो । मैले शुभयात्रा भनेँ । थप कुरा आएरै गरौंला भन्नुभयो । मैले हुन्छ भनेको छु । उहाँले सरकारको गतिविधिबारे चिन्ता व्यक्त गर्नुभएको छ,’– प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सांसदले भने ।

बैठकमा समग्रमा राजनीतिक परिस्थितिको बारेमा छलफल भएको पनि ती सांसदले बताए । आफ्नै कारणले सरकार लामो समय नजाने भनेर प्रचण्डले ब्रिफिङ गरेको पनि उनले सुनाए । प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, ‘सरकारमा नजाने भनेर हामीले भन्यौं, ढाल्ने पक्षमा पनि हामी छैनौं, जनताले पनि नजाउ नै भनेका छन् । तर, यही सरकारलाई राखिराख्दा झन–झन हानिकारक काम गर्दै जान्छ र व्यवस्थामाथि प्रश्न उठ्छ । हामी सरकार बाहिर हुँदा व्यवस्था कमजोर बनाउँछन् भने त हामीले सरकारमा जाँदैनौं भन्न पनि हुँदैन । सरकारमा तपाईँ जानुस्, हामी समर्थन गर्दिन्छौं भन्दा पनि पाट्नर मान्दैन, सरकार कमजोर हुन्छ भन्छ । त्यतिबेला के गर्ने पछि छलफल गरौंला । तर, सरकार आफ्नै कारणले अब धेरै लामो समय जाँदैन भन्नु भएको छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन