विज्ञापन

देउवा बाट एकाएक किन टाढीए महामन्त्री गगन थापा

विज्ञापन
Image
विज्ञापन

काठमाडौ

नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले हुने ? यस्को टुंगो छैन तर आन्तरिक समीकरण बनाउन नेताहरुको दौडधुप तीब्र बनेको छ । तर सभापति शेरबहादुर देउवाले महाधिवेशन र नेतृत्वका बिषयमा मुख खोलेका छैनन् ।

१४ औं महाधिवेशनमा देउवाले कार्यसमितिमा सुबिधाजनक बहुमत ल्याउदा उनका प्यानलबाट उठेका दुई महामन्त्री भने पराजित हुन पुगे ।अर्को समूहबाट काउन्टर दिन डा. शेखर कोइराला सभापतिमा र गगन थापा महामन्त्रीमा उम्मेदवार बने । शेखर सभापतिमा पराजित भए, तर महामन्त्रीमा युवा नेता गगनले सहजै बाजी मारे ।

महामन्त्रीमा देउवाका दुवै उम्मेदवार पराजित हुँदा अर्कोतिर फरक–फरक समूहबाट गगन र विश्वप्रकाश शर्माले जित्न पुगे । पार्टीको काममा सभापतिलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने कार्यकारी पदाधिकारी महामन्त्री आफ्नो टीमबाट नहुँदा देउवालाई शुरूमा अप्ठ्यारो थियो ।

यस्तोमा देउवाले गगनसँग निकटता बढाउँदा शेखर टाढिए । हुनलाई संसदीय दलको निर्वाचनमा शेखर पक्षका सबै सांसदले गगनलाई भोट नदिएको बहाना थियो । पछिल्लोपटक देउवासँग नजिकिएका थिए गगन, र देउवाको विश्वासिलो बन्ने प्रयत्न पनि गरे । गगनमाथी शेखर पक्षले देउवासँग साउती गरेको भनेर भित्रभित्रै बिरोध गरेर बिश्वास गर्न छाड्यो । तर अहिले गगन देउवासँग पनि टाढिएका छन् । गगन देउवाले आफुलाई सभापतिमा अघि बढाउन्  भन्ने चाहाना छ तर देउवाको गुलियो वचन नपाएपछि टाढीएको देउवा निकट एक नेताले बताए।

आफ्नो टीम होस्, या अर्कोको नै किन नहोस्, आफूअनुकूल ‘ट्रिट’ गर्नमा कांग्रेस सभापति शेरबहादुर देउवा माहिर मानिन्छन् । उनै देउवाले चालेको ‘सिग्नेचर मुभ’ का कारण यतिबेला कांग्रेसको आन्तरिक शक्ति सन्तुलन बदलिँदै गएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन