विज्ञापन

मध्यपहाडी लोकमार्ग अभियानले जनजागरण ल्याएको छ : इन्चार्ज भण्डारी 

विज्ञापन
Image
विज्ञापन

अछाम  ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अछाम  इन्चार्ज एंवम संविधान सभा सदस्य शरद सिंह  भणडारिले  पार्टीले सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियानले जन्ता तथा कार्यकर्तामा जनजागरण ल्याएको बताएका छन् । साथै उनले अभियानले पार्टीलाई नयाँ उर्जा प्राप्त भएको बताए ।

रुपान्तरण खबर संगको कुराकानीमा उनले भने ‘सुदूरपश्चिमको बैतडीबाट जेठ २ गते सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियान आजबाट कर्णाली प्रदेशमा प्रवेश गरेको छ । हामी जहाँजहाँ पुग्यौँ,त्यहाँ जनजागरण ल्याएको छ ।’

स्थानीय पालिका जुन पार्टीले जितेको भएपनि विचारभन्दा माथि उठेर अभियानमा ऐक्यवद्धता जनाउने गरेको बताउँदै उनले अभियान टिमलाई सम्मान अभिनन्दन गर्ने र आफ्ना मागहरु राख्ने,ज्ञापनपत्र बुझाउने गरेको बताए ।

‘बैतडीको पाटन होस्,डडेल्धुरा होस्,डोटी होस् या अछाम होस् यो अभियानको प्रभाव परेको देखिन्छ’ उनले भने ‘जनताको विकासको तीब्र चाहाना,आकांक्षा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिम सँग राखेपछि कुनै न कुनै ढंगले हल हुन्छन भन्ने जनअपेक्षा छ ।’

उनले भने ‘हामी अहिले सरकारमा त छैनौँ,जनताका कुरा संसदमा पुर्याउने सरकारको ध्यान आकृष्ट गर्न पहल गर्ने हाम्रो पार्टी मार्फत  प्रतिबद्धता गरेका छौँ ।’

इन्चार्ज भण्डारीले  मध्यपहाडी लोकमार्ग अभियान सुदूरपश्चिमका लागि महत्वपूर्ण भएको बताए ।  यसले पार्टीको पुनर्गठन,सुदृढ गर्न र पार्टीलाई सुद्धिकरण तिर लैजाने उर्जाको रुपमा हामीले लिएका छौँ ।’

नेता भण्डारीले  भने ‘हामीले अभियानको क्रममा सहिद,बेपत्ता परिवार,घाइते,अपाङ्गताभएका तथा आम जनतासँग भेटघाट गरेका छौँ । प्रचण्ड नेतृत्वको उपलब्धी जगेर्ना गरि विकासको प्रकृया अगाडि बढाउँदै समाजवादतिर जानुपर्छ भन्ने जनताले सन्देश दिएका छन् ।’
अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको मध्यपहाडी लोकमार्ग अभियान आइतबार कर्णाली प्रदेशको दैलेख पुगेको छ । अभियानको राष्ट्रिय झण्डा र पार्टीको झण्डा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि  पोखरेल र प्रदेश अध्यक्ष हरिराम चौधरीले कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल तथा प्रदेश अध्यक्ष विमला केसीलाई हस्तान्तरण गरेका छन् ।भने अछाम इन्चार्ज भण्डारीले  माला लगाएर विदाइ गर्नुभएको थियो!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन