विज्ञापन

तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

पोखरा ।

तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको हो। पुलको रेलिङ तोड्दै जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहार मध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा पठाइएको छ भने गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको छ।

जिपमा पाँच जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन