विज्ञापन

गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु उपयुक्त हुन्छ:थापा

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु उपयुक्त हुने बताएका छन्।

पार्टीको धरान उपमहानगर सम्मेलनमा बोल्दै थापाले यस्ताे धारणा राखेका हुन्। अनुसन्धानको दायरामा आएका व्यक्ति पदमा रहने वा नरहने विषय वैधानिक नभई राजनीतिक नैतिकताको विषय हुने उनकाे भनाइ छ।

‘भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ। त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ,’ थापाले भने।

राज्यको जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचारजन्य काम गरे त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको भन्दै थापाले अभियोजन गर्ने विषय नियमित प्रक्रिया रहेको बताएका छन्।

अनुसन्धानको दायरामा नपरेकालाई जिम्मेवार ठहर्‍याउने विषय भने कानुनी हिसाबले उपयुक्त र न्यायोचित नहुने भन्दै थापाले भने, ‘हरेक वर्ष अनेकन विषयमा हजारौँको संख्यामा अधिकारीहरूमाथि अनुसन्धान भैरहेको हुन्छ। तीमध्ये कसैलाई अभियोजन हुन्छ, कसैलाई हुँदैन। यो नियमित प्रक्रिया हो। यो प्रक्रियामा सबैले सहयोग पुर्‍याउनुपर्छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन