पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बस फस्दा २७ जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
काठमाडौँबाट दाङ जाँदै गरेको बस गए राति १२ बजे खोलामा फसेको थियो, उद्धार १० मिनेटमै सकिएको थियो।
डीएसपी विनोद कार्कीको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोलीले यात्रुको उद्धार गरेको र सबै यात्रुको अवस्था सामान्य छ।
काठमाडौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बससँगै फसेकामध्ये २७ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबास स्थित खोलामा पानीको बहाव बढेपछि बसमा सवार यात्रुहरू फसेका हुन् । काठमाडौँबाट दाङ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति १२ बजे सो खोलामा फसेको थियो ।
यात्रुहरूलाई सशस्त्र प्रहरी बलको नम्बर–३१ गुल्मबाट खटिएका डीएसपी विनोद कार्की नेतृत्वको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रुपान्तरण खबर लाई बताए ।
उद्धार सकिएको करिब १० मिनेटमा खोलाले बस बगाएको छ । उद्धार ढिलाइ भएको भएमा मानवीय क्षति हुने जोखिम रहेको डीएसपी थापाले जानकारी दिए । उनले भने, ‘सबै यात्रुको अवस्था सामान्य छ ।’
























